पोखराका ढल र नाला सफाई अभियान सुरु
सफाई अभियानमा सहभागी हुन मेयर आचार्यको आह्वान
काठमाडाैं | जेठ २७, २०७९
पोखरा: पोखरामा ढल र नाला सफाई अभियान सुरु भएको छ । शुक्रबार बिहान पोखराको पृथ्वीचोकबाट सेती तर्फ लगिएको नाला सफा गरेर यो अभियानको सुरुवात गरिएको हो ।
महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बलाराम रिज्याल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, महानगरका विभिन्न वडाका अध्यक्ष एवं जनप्रतिनिधिहरुको सहभागीतामा सफाई अभियानमा सहभागिता थियोे ।
अभियानको आरम्भ गर्दै महानगरका मेयर आचार्यले सरसफाईको काम महानगरको आफ्नै नियमित काम भएपनि यसपाली सडक किनाराका नाला र ढलहरु सबै भित्रै पसेर सफा गर्न सुरु गरिएको जानकारी दिए । ‘सरसफाई महानगरको नियमित काम हो । यसपाली अबको तीन दिन पोखराको टुंडिखेल देखि बिरौटा हुँदै छोरेपानका साथै सबै नाला र ढल बग्ने स्थलमा भित्रै पसेर सफाई गर्दैछौं’ उनले भने ।
मेयर आचार्यले पोखराको पुरानो ढल निकासले थेग्ने अवस्था नरहेपनि अहिले वर्षादको सुरुवातमा सफा गर्दा केही सहज हुने अपेक्षा राखे । आगामी दिनमा थेग्ने खालको र व्यवस्थित ढल निकास गर्न महानगर लाग्ने उनले प्रतिवचता जाहेर गरे । पोखरामा फोहोरमैलाको दिगो रुपमा व्यवस्थापनका लागि नयाँ ल्याण्डफिलसाईड ३३ नम्बर वडामा बनाउने विहीबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको जानकारी उनले दिए । उनले उक्त ल्याण्डफिलसाइडका लागि तत्काल काम थाल्ने प्रतिवद्धता समेत जनाएका छन् ।
महानगरको अभियानमा स्थानीयवासी, स्थानीय प्रशासन, प्रहरीसहित टोलविकास संस्था र अन्य सामाजिक संघसंस्थाहरुले समेत साथ दिने उनले बताए । ‘हाम्रो अभियान साच्चै सुन्दर, सफा र हरियाली पोखरा सहर, त्यो पोखरा जस्तै बनाउने हो । गफले नभई व्यवहारमै त्यसलाई परिणत गर्नेगरी हामी कामको सुरुवात गर्दै छौं । यसमा सबै टोलवासी आफै सक्रिय हुने वातावरण हामी बनाउँछौं । महानगरको वातावरण तथा सरसफाई शाखाले यस विषयमा सहकार्य र हातेमालो गर्छ । अब फोहोर स्रोत मै बर्गिकरण गरेर व्यवस्थापन गर्ने तर्फ हामी अगाडि बढ्नुपर्छ भनेर हामी लागेका छौं । यो सुरुवात हो । यसमा हामी सबैसंग हातेमालो गछौं’ उनले भने ।
उपमेयर मञ्जुदेवी गुरुङले हाम्रो पोखरालाई सफा र सुन्दर राख्न महानगरले चाल्ने हरेक अभियानमा सबै सहभागी बन्नुपर्ने बताइन् । उनले आफ्नो सहर सफा र सुन्दर राख्न नागरिक पनि आफै खटिने र महानगरलाई पनि रचनात्मक सुझाव दिँदै सहभागी हुनुपर्ने बताइन् ।
पोखरा महानगरपालिका सरसफाई शाखाका प्रमुख कल्पना बरालका अनुसार शुक्रबार १६ टन भन्दा बढी फोहोर संकलन भएको छ । नाला भित्रको सफाई सडक विभागले गर्नेछ भने त्यसको व्यवस्थापन महानगरले गर्ने उनले जानकारी दिइन् ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

